काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनावि’रुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छो’पिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्या’क्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इ’न्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु–याइएको थियो ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना नि’को भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृ’त्यु भएको छ ।