Inspirational Medical Personnel: He is T.R. Bhandari, Medical Personnel from Rapti Academy of Health Sciences (RAHS) Ghorahi who has been doing his regular duty despite of his Leg fracture.

उहाँको केही महिना अगि बाइक दु’र्घ’टनामा खु’ट्टा भाचिएको थियो! यद्यपि आफ्नो स्वास्थ्य ठिक नहुदा नुहुदै पनि अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै रेगुलर डिउटि गर्दै हुनुहुन्छ!

२ वर्षीय बच्चा चोर्दै गर्दा झापामा एकजना प’क्राउ
भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति प’क्राउ परेका छन्। प’क्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए। घरछेउको बाटोनजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए।

त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई प’क्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ।

‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन्।

उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ। ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ।

यता, स्थानीयबासीका अनुसार ती व्यक्तिलाई कसैले पनि नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन्।