एजेन्सी– बलिउड कलाकारहरु बीचको अफेयरसँगै ब्रेकअपको पनि चर्चा हुने गर्छ। चलचित्रमा मात्र नभई वास्तविक जोडीको रुपमा रहेका कलाकारहरु बीच ब्रेकअप हुँदा समर्थकहरु समेत दुखि हुन्छन्। आफूलाई मनपरेको जोडी टुट्दा फ्यानहरु दुखि नहुने त कुरै भएन। निम्न उल्लेखित चर्चित जोडीबीच ब्रेकअप हुँदा फ्यानहरु दुखि भएका थिए।

रणबीर कपूर र दीपिका पादुकोण
कुनै समय रणबीर कपूर र दीपिका पादुकोण बीच बलियो प्रेम सम्बन्ध रहेको थियो। चलचित्रमा पनि यी दुईको जोडीलाई धेरै रुचाइएको थियो। तर अचानक यी दुईको सम्बन्ध टुटेपछि फ्यानहरु समेत दुखि भए।

विवेक ओबेरोय र ऐश्वर्या राय
सलमानसँगको सम्बन्ध टुटेपछि ऐश्वर्या विवेकसँग जोडिएकी थिइन्। यी दुईको सम्बन्ध धेरै विवादित समेत बनेको थियो। सलमानसँग सम्बन्ध टुटेपनि विवेकसँगको सम्बन्ध लामो समय टिक्ने फ्यानहरुको आशा थियो। तर यी दुई बीचको सम्बन्ध टुटेपछि फ्यानहरु धेरैनै दुखि हुन पुगे।

शाहिद कपूर र करीना कपूर
पर्दामा मात्र नभई यी दुईको जोडी दर्शकले वास्तविक जीवनमा पनि रुचाए। यी दुईको प्रेम धेरै चर्चामा हुने गरेको थियो। करिना र शाहिद बीच विवाह हुने चर्चा समेत चलेको थियो। तर विवाह हुनु अगाडीनै यी दुई छुट्टिए।

जोन अब्राहम र बिपाशा बसु
सम्भवत यी दुईको जति सम्बन्ध सायदै कसैको टिक्यो होला। यी दुई बीचको प्रेम ९ वर्ष सम्म टिकेको थियो। यी दुईले धेरै चलचित्रमा सँगै काम पनि गरेका थिए। धेरै लामो सम्बन्ध रहेको हुँदा यी दुई बीच विवाह हुने दर्शकहरुको आकलन थियो। तर यी दुई बीच विवाह हुनुभन्दा अगाडीनै ब्रेकअप भयो।

रणवीर सिंह र अनुष्का शर्मा
अहिले यी दुवैले छुट्टा-छुट्टै जीवन साथि पाइसकेका छन्। रणवीरले आफ्नो पहिलो चलचित्रमानै नायिकाको रुपमा अनुष्कालाई पाएका थिए। यी दुई बीच चलचित्र ब्याण्ड बाजा बारतको शुटिंगको क्रममा प्रेम झाँगिएको थियो। लगभग ३ वर्ष टिकेको यी दुई बीच ब्रेकअप हुँदा दर्शकहरु समेत दुखि भएका थिए।