काठमाडौँ । मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो।

जन्मजातमा देखिने अपांगता

जन्मजात ठुलो टाउको हुने यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ।

टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ। जसले गर्दा बच्चाको चालमा , बोलाइमा र व्यवहारमा समस्या हुन्छ। वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने, मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ।

डाउन सिन्ड्रोम
यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ ।

बाल मस्तिष्क पक्षघात
यसले गर्दा बच्चाको चालमा असन्तुलन आउने ,सास र्फेन गाह्रो हुने , ढिलो विकास हुने , सन्तुलन बिग्रने , र्याल चुहाइरहने , बोल्न देख्न तथा सुन्नमा समस्या हुन्छ ।

अटिजम
मस्तिष्क विकासको एक प्रकारको अपांगता हो । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायः जसो जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ र यो जीवनकाल सम्म रहिरहन्छ।

यसका लक्षणहरु भिन्न भिन्न बच्चाहरुमा फरक फरक किसिमको देख्न सकिन्छ । तर मुल रुपमा तीन वटा पक्षमा जटिल समस्या देखिन्छ । बोली चाली , सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोचन सक्ने क्षमतामा एक रुपता नहुनु ।

जन्मजात ओठ र ताली फाटेको
यस अवस्थामा माथिल्लो ओठ देखि नाकको प्वाल सम्म जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो । यस्तो अवस्थामा बच्चालाई दुध चुस्न गाह्रो हुन्छ तथा खाना नाकमा गएर बच्चा निसासिन सक्छ