काठमाडौं – बलिउड कलाकारहरुको चर्चा भारतमा मात्रै नभएर विश्वभर हुने गरेको छ । भारतीय कलाकारहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ ।

व्यक्तिगत हिसाबमा भन्नुपर्दा केही भारतीय स्टारहरुका अनौठा बानीहरु पनि रहेका छन् । जसमध्ये अनौठो बानी भएका चर्चित कलाकारहरुमध्येकी एक सुन्दरी नायिका हुन् करिना कपुर । करिना कपुरको नङ टोक्ने बानी छ । धेरै मानिसहरुको नङ टोक्ने बानी हुन्छ, त्यस्तोमध्येकी करिना पनि एक हुन् ।

यो बानीले उनका पति सेफअली खान पनि दिक्क हुने गरेको बताइएको छ ।त्यस्तै शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता न’फुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ ।

थप समाचार –भारतमा कोरोनाको चपेटामा सर्वसाधारण देखी नेता तथा कलाकार सम्म अछुतो रहन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट उनीहरु पनि संक्रमित भई नै रहेका छन् ।यसै सन्दर्भमा साउथका सुपरस्टार अल्लु अर्जुन समेत कोरोना संक्रमित भएका छन् ।

उनले आफुलाई कोरोना पोजेटिभ भएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।अल्लु खर्जुनले एक ट्विट गर्दै यो खबर आफ्ना फ्यानहरु माझ सार्वजनिक गरेका हुन् । कोरोना पोजेटिभ आए संगै उनले आफुलाई क्वारेण्टिनमा राखेका छन् ।उनले लेखेका छन् – सबैलाई नमस्कार ।

मेरो कोरोना परिक्षण पोजेटिभ आएको छ । मैले आफुलाई अलग्गै राखेको छु । म उनीहरु संग यो अनुरोध गर्दछु कि जो मेरो सम्पर्कमा आएका छन् आफ्नो ख्याल गर्दै कोरोना परिक्षण गराउन् ।उनले आफ्ना शुभचिन्तकहरुमा चि’न्ता नलिन आग्रह गर्दै आफु उपचारमा रहेको बताएका छन् ।