काठमाडौं – पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मुल्य घट्न थालेको छ । कोरोनाभाइरसकामे संक्रमणका कारण होटल तथा ब्यवसाय बन्द हुन थालेपछि कुखुराको मासुको मूल्य घटेको हो ।

केही समयअघि बजारमा तयारी मासु किलोको ४ सय १५ रुपैयासम्म लिन थालिएको थियो । तर दुई सातामा दुई पटक सम्म मासुको मूल्य घटेको छ । अहिले बजारमा कुखुराको तयारी मासुको मूल्य किलोको ४ सय रुपैयामा झरेको हो ।

रुपैयासम्म लिन थालिएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर ३ सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार किलोमा १० रुपैयाले घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कोरोनाभाइरसका कारण मासुको खपतमा उच्च गिरावट आएको हो ।

कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आमालाई झ्यालबाट हेर्दै छोरा
कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा कारोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकी आफ्नी आमालाई झ्यालबाट हेर्दै एक बालक । तस्वीर – प्रकाश मिश्र, रासस

काठमाडौं, बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर ४७७४ र एन्टिजेन १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।