काठमाडौं– भारतमा कोरोनाको म’हामारी फैलिरहेको छ । यस्तो अवस्थामा बलिउडका कलाकर्मीहरु भने माल्दिभ्समा रमाइलो गरिरहेका छन्।तर बलिउडमा केहि मनकारी कलाकारहरु पनि छन् जस्ले अरुको मर्म बुझ्छन् ।

कलाकारहरुको भीडमा बलिउड अभिनेता अक्षय कुमार र लेखक तथा अभिनेत्री ट्विंकल खन्नाले सय वटा अक्सिजन क’न्सन्ट्रेटर्स सहयोग गर्ने खबर बलिउड हं’गामाले छापेको छ । अक्सिजन क’न्सन्ट्रेटरले हावा बाट ना’इट्रोजन फिल्टर गरेर अक्सिजन छान्ने काम गर्छ।

यसै सन्दर्भमा ट्विंकलले सामाजिक सञ्जालमा मंगलबार लेखेकी छन्, ‘एकदमै सुखद खबर- लन्डनका एलिट हेल्थ दैविक फाउन्डेसनका दुई जना डाक्टरले १२० वटा अक्सिजन क’न्सन्ट्रेटर्स प्रदान गर्ने भएका छन्। यसमा अक्षय कुमार र मैले थप सय वटा अक्सिजन क’न्सन्ट्रेटर्स थपेर सहायताको हात बढाउने निर्णय लिएका छौं।

यसपछि हामीसँग २२० अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध हुनेछ। तपाईंहरुको अग्रसरताका लागि धन्यवाद। हामी सबैले आफूले सकेको गरौं ।’ ट्विंकलले आफ्नो इन्स्टाग्राम क्याप्सनमा सकारात्मक हुँदै लेखेकी छन्, ‘मलाई लाग्छ गत केही हप्तादेखि मेरो आफ्नै परिवारका केही सदस्य बि’रामी भएकोले म अलि नि’राश थिएँ।