काठमाडौं– काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा क्‍वारेन्टिनमा बस्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।

प्रशासनले यही वैशाख १६ गते बिहान ६ बजेबाट २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ। त्यस्तै तीन जिल्ला (उपत्यका) का जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र

साँझ पाँच बजेदेखि ७ बजेसम्म न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र सञ्चालन गर्ने आदेशमा भनिएको छ ।

डिपार्डमेन्ट स्टोर विहान १० वजेदेखि बेलुका पाँच वजेसम्म सञ्चलन गर्ने आदेशमा उल्लेख छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० वजे देखि बेलुका ५ वजेसम्म सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।