काठमाण्डौ । आगामी बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको छ । आज बिहान ९ बजेदेखि उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरु बैठकमा बसेका थिए ।

सो बैठकले बैशाख १६ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरी स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाएको छ । गृहमन्त्रालय समेत यो विषयमा सकारात्मक रहेको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

बैठकमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार तत्काल लकडाउन नहुने, तर निषेधाज्ञा जारी गरी बढी भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नुपर्ने विषयमा सीडीओहरु एकमत भएका छन् ।उनकाअनुसार निषेधाज्ञाको अवधिमा गर्न पाइने र गर्न नपाइने काम तथा गतिविधिसँग सम्बन्धित सूची समेत तयार गर्ने काम भइरहेको छ ।

आजै बेलुकासम्म सो सूची सार्वजनिक गरिने उनले जानकारी दिए । प्रजिअ भट्टराईकाअनुसार बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञाको अवधिमा सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने छैन । यस्तै, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुको कामकाज आधा जनशक्ति परिचालन गरी संचालन गर्नुपर्ने नियम समेत कार्यान्वयनमा ल्याइनेछ ।

आगामी बिहिवार राती १२ बजेदेखि हाललाई एक हप्तासम्म दूध, तरकारी, ओखती बोकेका गाडी, ए’म्बुलेन्स, श’ववाहन, चिकित्सक, सु’रक्षा र सन्चारकर्मी तथा सरकारी निकायका गाडीबाहेक बिशेष इ’जाजतबिनाका अरु सबै सवारी साधन ठ’प्प हुनेछन् ।

अफिस जाने कर्मचारीबाहेक सर्वसाधारणको हिं’ड्डुलमा पनि रो’क लाग्नेछ ।बढी भी’डभाड हुने बजार, स’पिङ मल लगायतका क्षेत्र समेत ब’न्द गरिनेछ । तर, दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्य तथा क्षेत्रहरु भने स्वास्थ्यका मा’पदण्ड पूर्ण पालनाको ग्या’रेण्टी गरेर खोल्न पाइनेछ ।