एजेन्सी : किम कार्दशियन आफ्नो अलग अन्दाज र लग्जरीले भरिएको जिन्दगीको लागि चिनिन्छिन्। साथै विवादसँग किमको पुरानो सम्बन्ध छ। किम कार्दशियन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र फ्यान्सलाई आफ्नो जिन्दगीको झलक दिईरहन्छिन्। किम हालै अलग अवतारमा पढ्दैगरेको अवस्थामा देखा परेकी छिन्।

किम कार्दशियन लामो समयदेखि कानुन पढिरहेकी छिन्। उनी वकिल बन्न चाहन्थिन् र आफ्नो यो सपना पूरा गर्नको लागि लामो समयदेखि किताबमा घोत्लिरहेकी छिन्। हालै उनले ल(Law)को परिक्षाको तयारीका केही फोटो शेयर गरेकी छिन्, जुन भाइरल भईरहेको छ।

किम कार्दशियन बि,-कि,’-नीमा आफ्नो परीक्षाको तयारीमा लागेकी छिन्। उनले घामको मज्जा लिँदै आफ्नो परीक्षाको तयारी गरेको फोटो शेयर गरेकी छिन्। फोटोमा उनले क्रिम कलरको स्ट्रिङ बि-,’कि–,नी लगाएकी छिन्। उनले पोस्ट शेयर गर्दै लेखेकी छिन् – ‘घाममा पढ्दै।’