मेष राशि : काममा सफलता पाउनुहुने समय भएकोले प्रयास जारी राख्नु होला । यस कमाउने काममा पनि सहयोग मिल्नेछ । लेखन तथा प्रकाशन जस्ता काममा भने त्यत्ति सफलता हात नलाग्ला । घरायसी कामकाजको पनि समय आएको छ ।

वृष राशि : आज तपाईंले त्यति ठूलो योजनाको काम भने नगर्नु भए बेश होला । होटल तथा पयर्टन व्यवसायमा राम्रो दिन छ । साथिहरुबाट पनि तपाईको प्रेम सम्बन्धमा सहयोग नै पुग्नेछ । मनमा अनेक किसिमका तर्क वितर्कहरुका आउन सम्छन् ।

मिथुन राशि : काठको काम गर्नेहरुका लागि फाइदा जनक दिन रहेको छ । सङ्गित कर्मीहरुका लागि पनि धेरै राम्रो किसिमको दिन छ । सरकारी अधिकारीको सहयोगमा गर्नु भएका तपाईंका कामहरु बन्ने देखिन्छन ।

कर्कट राशि : मनलाई जतिशक्तो शान्त राख्ने कोसिस गर्नु होला । आज तपाईंले सोच्दै नसोचेको स्थानबाट आर्थिक लाभ गर्नु हुने सम्भावना छ । कृषकहरुका लागि आजको दिन अत्यन्त राम्रो छ । छोटो यात्रामा पनि तपाईंले आज सरिक भएर रमाउनु हुने दिन छ ।

र्सिह राशि : आज तपाईंले दिएको पैसा फिर्ता नहुन पनि सक्छ, विचार गरेर मात्र दिनु होला । नजिकका ठानेका मान्छेले पनि विस्वासघात गर्लान्। हरेक ठाउमा तपाईंले आज सजग रहनु पर्ने देखिन्छ । दिमागमा नया कामको कुरा खेले पनि गरिराखेको कामलाइ नै निरन्तरता दिनु राम्रो हुनेछ ।

कन्या राशि : आज तपाईले गरिब दुखिलाइ केहि दान दिनु भए राम्रो हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउला । अरुको सरसल्लाहलाई पनि मनन गर्नु होला । यातायातका साधन पसु चौपायाबाट कुनै प्रकारको चोटपटक लाग्न सक्छ । सामान्य काममा पनि सोचे भन्दा बढी पैसा खर्चहोला ।

तुला राशि : आज तपाईंको चल–अचल सम्पत्तिका बारेमा मनमा कुरा खेल्ने देखिन्छ । अनि आफन्त संग बिगे्रको सम्बन्धमा पनि सुधारको महसुस होला । व्यवसाहिक गतिविधि पनि आज राम्रै संग हुने छ । विपरित लिङ्खि संगको आकर्षण बड्ने सम्भावना रहेको छ ।

वृस्चिक राशि : कामका चापले शरीरिक परिश्रम बडे पनि समय मनोरञ्जन पूर्ण रहने छ । आज चल–अचल सम्पत्तिको कारोवार पनि हुन सक्नेछ । तर अनावस्यक खर्च गर्नबाट भने जोगिनु होला । अनि एउटा कुरा आज तपाईंका कुरा काट्ने मान्छेहरु पनि प्रसंशा गर्न थाल्नेछन् ।

धनु राशि : सन्तानबाट भने आज तपाईंले भरपूर सहयोग पाउनु हुने दिन छ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रहनाले राजनीति क्षेत्रमा प्रगति होला । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने देखिन्छ ।

मकर राशि : कृषि तथा कृषि कार्यँग सम्बन्धित व्यवसायबाट लाभ होला । आर्थिक आम्दानी हुने विभिन्न अवसर आउनेछन । पारिवारिक सहयोग भन्दा इष्टमित्रको सहयोग प्रभावकारी हुनेछ । सन्तान पक्षबाट शुख प्राप्त हुने योग छ ।

कुम्भ राशि : धाएर गर्नु पर्ने काममा पनि मन जाने छ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने स्वास्थ्यमा खरावि देखिएला त्यसैले खानपिनमा सावधानी अपनाउनु भए राम्रो होला । आज तपाईंले पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ ।

मीन राशि : नबनेको काम आज बन्ने देखिन्छ । स्वास्थ्यमा सामान्य खराबी आउनसक्छ । यतिबेला जतिसक्यो संयमितता अपनाउनु पर्ला । तपाईंबाट कुनै विशेष वस्तुको सिर्जना पनि हुनसक्छ । यतिबेला तपाईंले गरेका कामको सबैले प्रशंसा गर्नेछन् ।