एजेन्सी, जब तपाइ कुनै इमोशनल मूभी हेरेर रुन थाल्नु हुन्छ त तपाइलाई तपाइको साथिले रोकेका जरुर होलान् । युवतीहरु र मेकअपको सम्बन्ध यस्तो छ कि जस्तो टिभी र रिमोट । जसरी रिमोट बिना टिभी चल्दैन त्यसरी नै मेकअप बिना युवतीहरुको काम चल्दैन । मेकअप गर्नु कुनै नराम्रो कुरा होइन तर यदि तपाइ राती सुत्ने समयमा पनि मेकअप नहटाई सुत्नु हुन्छ भने यो तपाइको लागि खतराको घन्टी हो । तपाइको मेकअप प्रतिको मायाले तपाइलाई मुश्किलमा राखिदिन सक्छ । तपाइ सोच्दै हुनु हुन्छ होला मेकअपले कस्तो मुस्किल । चिन्ता नगर्नुहोस्, हामी तपाइको  हरेक प्रश्नको जवाफ दि नछौँ । तर यसको लागि तपाइँले पुरै स्टोरी पढ्नु पर्नेछ ।

रातमा मेकअप लगाएर सुत्दा पोर्स बन्द हुन्छ र तपाइको अनुहारको छालाले चाहिने मात्रामा अक्सिजन पाउदैन ।

रातमा सुत्ने समयमा अनुहारमा  मेकअप भएको कारण अनुहारबाट तेल निस्कन्छ, जसले अनुहारमा पिम्पल्स ल्याउँछ ।

लगातार रातको समयमा मेकअपको प्रयोगले तपाइको स्किन सेल्समा नोक्सान पुर्याउँछ । मेकअपले हावामा रहेको पोलुटेन्टसलाई तपाइको छाला तर्फ तान्दछ र छालालाई खराब बनाउँछ ।

मेकअप लगाएर सुत्दा तपाइको छालालाई रिकभरी समय मिल्दैन, जस कारण मृत छाला निस्किन पाउँदैन । त्यस  कारण छालामा  सुस्तपन आउँछ ।

जब तपाइ आराम गर्नु हुन्छ तब तपाइको छालामा निकै परिवर्तन  आउँछ । तर मेकअपको कारण तपाइको छालाको पत्र फेरिन पाउँदैन अर्थात्  तपाइको अनुहारको छाला रिजेनेरेट हुन पाउँदैन ।

रातमा फाउन्डेशन लगाएर सुत्दा त्यसको असर पुरै तपाइको छालामा पर्छ। जस कारण समय भन्दा अघि नै तपाइको छालामा चाउरीपना आउँछ ।