घरमा मोटरसाइकल वा कार हुनु त सामान्य कुरा भइसक्यो। तर तपाईंले कुनै यस्तो बस्ती वा गाउँको बारे सुन्नुभएको छ, जहाँका हरेक घरमा हवाईजहाज हुन्छन्। यदि तपाईंलाई यो कुरा ठट्टाजस्तो लागिरहेको छ भने तपाईं अमेरिकाको रेसिडेन्सल एयरपार्क इलाकाबारे अनभिज्ञ हुनुहुन्छ।

वास्तवमा एक टिकटक प्रयोगकर्ताले जब यसबारेको भिडिओ सेयर गरे, तब यो कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो। भिडिओमा उक्त क्षेत्रका हरेक घरबारिह एउटा हवाईजहाज खडा देखिन्छ। महत्त्वपूर्ण कुरा– दोस्रो वि’श्वयु’द्धमा अमेरिकाले निर्णाय भूमिका खेलेको थियो।

अमेरिकामा सन् १९३९ सम्म पाइलटको संखया ३४ हजार थियो। तर १९४६ मा आइपुग्दा यो संख्या बढेर ४ लाख ना’घ्यो। जब युद्ध सकियो तब हवाई मैदान र पाइलट खाली भए। यसको समाधानका लागि अमेरिकाको ‘द सिभिल ए’रोनटिक्स ए’डमिनिटे«सन’ले एयरपार्क बनाउने प्रस्ताव राख्यो।

जसअनुसार बन्द भएका सैन्य हवाई अड्डामा अवकाशप्राप्त सैनिक पाइलटलाई राख्ने निर्णय भयो। त्यस्तो बस्तीलाई ‘फ्ला’ई इन क’म्युनिटिज’ भनिन्छ, जहाँ हरेक घरमा कारजस्तै एउटा हवाईजहाज हुन्छन्। यस बस्तीका सडक यति फराकिला छन् कि जहाँ हवाईजहाजहरू कारजसरी न’ठोक्किईकन ओ’होरदोहोर हुन सक्छन्।

भनिन्छ कि विश्वमा ६३० भन्दा बढी आ’वासीय एयरपार्क छन्, जसमा ६१० वटाभन्दा बढी अमेरिकामै छन्। सामाजिक सञ्जालमा भाइरल भएको अमेरिकाको त्यो हवाईजहाजवाला गाउँ: भिडियो