काठमाडौँ– झुसे करेला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उ’त्तिकै उपायोगी हुन्छ । यसको तरकारीको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । चट्टेललाई धेरै श’क्तिबर्द्धक तरकारी मानिन्छ यसमा मासुको तुलनामा धेरै प्रोटिन हुन्छ अर्थात यो प्रोटिनको भण्डार हो ।

चट्टेलमा पाइन फा’इटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको ए’न्टिअक्सिडेन्डले रगत सफा राखेर छा’लासम्बन्धी रोग हुन दिँदैन ।रु’घाखोकीबाट राहत प्रदान गर्नुको साथै रो’क्नसमेत सहयोग गर्छ ।यति मात्र होइन क्या’न्सर जस्तो प्राण घा’तरो’गलाई रो’क्नसमेत सहयोग गर्छ ।

यसको से’वनले क्या’न्सरको रो’गीलाई समेत फाइदा पुग्छ ।खासम्बन्धी विभिन्न रो’ग, मुटु रो’गको पनि रोकथाम गर्न सहयोग गर्छ । फाइबरको बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फा’इदाजनक छ तौल र उच्च र’क्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।

परीक्षाकालागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु
सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्राबासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारकालागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ। विद्यालयका सहप्राचार्य लिलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए।

बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाइ सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए। ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै गम्भिर थियो। उनको शरीर निकै तातेको थियो ।तत्कालै नजिकैको अस्पताल पुर्‍याउँदा डाक्टरले उनको मृत्यु भइसकेको बताए’ भण्डारीले भने।

अस्पताल ल्याउनु अघिनै बालिकाको मृत्यु भइसहेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन। ती बालिकालाइ उच्च ज्वरो आएको बताइएको छ । तर मृत्युको कारण भने पत्ता लगिसकेको छैन। कोरोना परिक्षणकालागि स्वाब निकालिएको अस्पतालले जनाएको छ।

ती बालिका स्कुलको छात्राबासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासंगै छात्राबासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाइ दुइ दिन देखि ज्वरो आएको थियो। तर स्कुलले उपचारकालागि अस्पताल लगेन। गएरातीदेखि ती बालिकाले आफुलाइ निकै अशहज महसुस भएको साथीहरुलाइ बताएकी थिइन्।

बिहान पख अन्य बालबालिकाहरुले होस्टेलका कर्मचारी र शिक्षकसंग उपचारकालागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाइ जिम्मा लगाएको थियो। बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा बिद्यालयले बिरामी बालिकाको उपचार नगरी राखेको र परिवारलाइ समेत समयमै खबर नगरेको बताए ।

गुल्मी मजुवा घर भएकी बालिकाको बुवा आमा बिदेशमा रहेको बताइन्छ । उनी नयाँमिलमा आफ्नो ठुलोबुवा आमाको सम्पर्कमा रहेर प्यारामाउण्टमा अध्ययन गरीरहेको पनि भण्डारीले बताए । शनिबारसम्म सो स्कुलको होस्टलमा करिब ५० जना बालबालिकाले बसेर परीक्षा दिइरहेको बताइएको छ। स्कुलले यही १५ गते सकिने गरी परिक्षा संचालन गरेको अभिभावकहरुले बताएका छन् ।

होस्टेलमा बसेर परिक्षा दिइरहेका मध्ये अन्य केही बालबालिकालाइ समेत रुघाखोकी र ज्वरो आएको बताइएको छ। शनिबार ती बालिकाको ज्यान गएपछि कोरोना परिक्षणकालागि अन्य बालबालिकाको समेत स्वाब संकलन गरिएको छ। बालिकाको ज्यान गएपछि अभिभावकहरुले शनिबार केहिबेर स्कुल घेराउ गरि नाराबाजी गरेका थिए ।

अभिभावकहरुले निजी बोर्डिङलाइ बढ्दो जोखीमका बाबजुद परिक्षा संचालन दिएको भन्दै नगरपालिका प्रति समेत आक्रोस पोखेका छन्। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जोखीम बढदै गएकाले आइतबार नै बैठक बसी स्कुल कलेज बन्द गर्ने सम्बन्धमा उचित निर्णय गरिने बताए।