बिक थरका काले बिश्वकर्माको गाउँकै माकुरी उपाध्यायसँग प्रेम बस्छ । फलाम पिट्ने काम गर्ने काले स्कुल छुट्ने समयमा माकुरीलाई भेट्न जान्छ र उसलाई कतै एकान्तमा भेट्छ । माकुरी पनि कालेलाई औधी माया गर्छिन् । माकुरीको घरमा राती पख टिभी हेर्न पनि काले पुग्छ । फिलिममा देखे जस्तै हिरोको रुपमा आफुलाई र हिरोईनको रुपमा माकुरीलाई कल्पना गर्दछ ।

यसैबिच काले र माकुरी बिच बिहे अघि नै शा रीरिक सम्पर्क हुन्छ र त्यो माकुरीको दाईले थाहा पाएर पल्लो गाउँको जमदारको छोरासँग माकुरीको बिहे गर्दिन्छन् । त्यसको ५ बर्षपछि बसमा माकुरी र कालेको भेट हुन्छ । थाहा हुन्छ, माकुरीको काखमा खेलिरहेको बच्चा कालेकै हो । अब के हुन्छ भिडियो हेर्नुस

झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन । दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ । वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । भिडियो हेर्नुस