मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : बढी परिश्रम गर्नुपर्ने समय छ । परिश्रमकै कारण काम बन्न सक्नेछन् । साताका पछिल्ला तीन दिन त्यति राम्राखालका देखिन्नन् । गर्नुपर्ने काम मङ्गलबारसम्ममा नै सम्पन्न गर्नुहोस् । शिक्षाको क्षेत्रमा राम्रै सुधार होला । व्यापार व्यवसायतिर भने मध्यम प्रगतिमात्र देखिन्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : खर्च घट्ने समय छैन । सानातिना विवाद परिरहनेछन् । सोचेकोजति सहयोग मित्रबाट मिल्लाजस्तो छैन । खर्चको मात्रा घट्ने देखिन्न । हातले समातेका इलमले सामान्य लाभमात्र होला । स्वास्थ्यस्थिति मध्यमखालको छ । गणेशको आराधना गरिरहनुहोस् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्ला । सोमबारबाट स्वस्थता प्राप्त भई काम गर्ने जोश बढ्ला । बाधा दिने प्रशस्त छन् । तिनीहरूसँग मुकाबिला गर्दागर्दै निकै समय बित्नेछ । मुद्दामामिलामा पूर्ण रूपमा विजय होलाजस्तो देखिन्न । व्यापार व्यवसायले भने गतिलो सहयोग देला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : सातालाई राम्रै रूपमा लिन सकिन्छ । मङ्गलबारको दिन पेटमा गडबडी हुन सक्छ । अरू दिन त्यति नराम्राखालका छैनन् । मनको चिन्तालाई हटाउन बङ्गलामुखी स्तोत्रको पाठ गर्नुहोस् । व्यापारसम्बन्धी कामले मनग्गै आर्थिक लाभ देला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । काम गर्ने जोश त कति पनि घट्ने छैन र त्यसैको परिणामस्वरूप काममा निकै सफलता पाइनेछ । पढ्नतिर रुचि बढ्ला भने केही नयाँ ज्ञानको प्राप्तिसमेत हुनेछ । परिवारबाट पाइने सहयोग मिलिरहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : साता राम्रोखालको छ । सुरुमै भोजभतेर पर्नुको साथै इष्टमित्रसँग भेटघाट भइरहला । आर्थिक स्थिति राम्रोखालको रहनेछ । खर्च बढे पनि त्यसलाई भ्याउन सक्ने आर्जन हुनाले त्यस्तो चिन्ता पर्ने देखिन्न । व्यापारसम्बन्धी काममा गतिलो सफलता मिल्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : मध्यम खालको साता छ । आधा काम बन्लान् भने आधा बाँकी नै रहनेछन् । शिक्षाको क्षेत्रमा राम्रो प्रगति गर्नुहुनेछ । व्यापार व्यवसायबाट भने मध्यमखाले लाभ मात्र देखिन्छ । शनिश्चरको सेवा नगरीकन आफ्नो हाकिमलाई खुसी पार्न सक्नुहुन्न ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : राम्रै खालको साता छ । समस्या परे समाधान गर्न सक्नुहुन्छ । हाललाई तपाईंको रुचि जागिरतिर त्यति देखिन्न । प्राविधिकखाले काममा समेत सानातिना बाधा आउन सक्छन् । पारिवारिक सन्तोष कममात्र छ । इन्द्राणीको दर्शन गरिरहनुहोस्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : गतिला काम बन्न सक्छन् । खासगरी शैक्षिक क्षेत्रमा मनग्गै प्रगति गर्नुहुनेछ । जागिरदारका लागि पनि हाल समय नराम्रो देखिन्न । व्यापारीले फाइदा नै गर्नेछन् । परिवारमा मेल रहला भने सन्तानको गतिविधिले पनि राम्रै सन्तोष दिनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : सातालाई राम्रो रूपमा लिन सकिन्छ । धार्मिक वा असलखाले काम गर्न मनको प्रवृत्ति जाला भने गरेका काम पनि बन्नेछन् । आर्थिक स्थिति राम्रैखालको रहला । सामान्य व्यापारभन्दा प्राविधिकखाले व्यवसायबाट फाइदा हुनेछ । नोकरीको मात्रै भर नपर्नुहोस् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : सुरुका दुई दिन त्यति राम्रा छैनन् र शनिबारको दिनमा बढी सतर्क हुनुमा कल्याण छ । सानोतिनो चोटपटक समेत लाग्न सक्छ । चाहेर पनि पढाइमा पूरा समय दिन सक्नुहुन्न । हाललाई मनको प्रवृत्ति स्थिर धारातिर जाने छैन । व्यापारको कामले भने राम्रै टेवा देला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : मध्यमखालले साता बित्ला । खर्च प्रशस्त हुनेछ । मित्रहरूको सहयोगले त्यो खर्चलाई पूरा गर्न सक्ने देखिन्छ । पढाइमा त्यति समय जाने छैन । लेख्ने काममा भने निकै परिश्रम होला । मङ्गलबारको दिन त्यति राम्रो देखिन्न, त्यसैले बिहानै हनुमानको र गणेशको दर्शन गर्नुहोस् ।