बलिउडका थुप्रै कलाकारहरु आफ्नो छोटो ड्रेसको कारण चर्चामा आउनुको साथै उप्स मोमेन्टको सिकार पनि भएका छन्। अभिनेत्रीहरु सानो गल्तीले सामाजिक सञ्जालमा ट्रोलर्सको सिकार हुन्छन्। हालै ‘कांटा गर्ल’ र ‘बिग बोस १३ ‘ फेम शेफाली जरीवाला पनि उप्स मोमेन्टको सिकार भएकी छन्। हालै शेफालीले श्रीमान परागसँग माल्दिभ्स भ्याकेशन ट्रिपको एक भिडियो साझा गरेकी थिइन्।

भिडियोमा  शेफाली श्रीमानसँग क्रूजमा टाइटनिकवाला पोज दिईरहेकी छन्। यसैक्रममा शेफालीले  लेस स्टाइल व्हाइट ड्रेस लगाएकी छन। जुन हावाको कारण उडेको छ र उनी  उप्स मोमेन्टको सिकार भएकी छन्। यधपी उनले ड्रेस क्याजुअली लगाएकी छन् । यस मोमेन्टपछि  पनि शेफालीले त्यस कुरालाई ध्यान नदिई पोज दिईरहिन्। र त्यसै भिडियोमा  दर्शकले भद्दा कमेन्ट गर्न थाले।

एक युजरले लेखे -‘  हावामा उडीरहनु ।’ एक युजरले लेखे -‘ ठन्डा ठन्डा कुलकुल ‘ र अर्को युजरले  ‘हामीले सबै देख्यौ ‘ जस्ता कमेन्ट गरे।शेफाली जरीवालाले २००२ मा आएको  म्यूजिक भिडियो ‘कांटा लगा’ बाट पहिचान बनाएकी थिईन्। त्यसपछि शेफाली जरीवाला सलमान खान र प्रियंका चोपडाको फिल्म ‘मुझसे शादी करोगी’ मा देखिएकी थिइन्।

यस फिल्ममा शेफालीले  बिजलीको भूमिका निभाएकी थिइन्। शेफाली जरीवाला ‘बिग बोस १३ ‘ मा पनि देखिएकी थिइन्। अहिले उनी  शेफाली अल्ट बालाजीमा आउने वेबसीरीज ‘बू’ मा काम गरिरहेकी छन्।