नायिका श्वेता खड्काले केहि महिना पहिला निकै कान्छा युवकसँग बिवाह गरिन् । त्यस्तै अभिनेत्री प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीबिच बिवाह भएसकेको छ ।यो पनि थाहा भएकै कुरा हो कि, प्रियंका भन्दा आयुशमान उमेरले कान्छो छन् । अब अर्की प्रियंका अर्थात बलिउड अभिनेत्री पि्रयंका चोपडाको कुरा गरौं ।

यी अविवाहित अभिनेत्री अहिले आफुभन्दा निकै कम उमेरकै युवासँग डेटमा छिन् । बलिउड एवं हलिउडकी नायिका प्रियंका चोपडा आकाश अंबानी र श्लोका मेहताको मंगनी (इंगेजमेन्ट) समारोहमा आना कथित ब्वायफ्रेन्ड निकी जोनाससँग पुगिन् । यी दुईले बिवाह नै गरे । यी दुईको उमेरमा दस वर्षको फरक छ ।

२५ वर्षे अमेरिकी गायक निकी जोनासले प्रियंकाभन्दा पहिला थुप्रै सँग डेट गरेका थिए जसमध्ये अधिकांश उनीभन्दा जेठा थिए । यसरी सम्बन्ध राख्ने सेलिब्रेटीहरू बलिउड एवं हलिउडमा थुप्रै छन् ।

हामीकहाँ विवाहको कुरा गर्दा पुरुषभन्दा कम उमेरकी दुलही खोजिन्छ । यसको धार्मिक, समाजिक, मनोवैज्ञनिक पक्ष के छ ? त्यसतर्फ नलागौं। यद्यपी पुरुषले आफ्ना जोडीको रुपमा कम उमेरकै महिला खोज्ने गर्छन् । अधिकांश दम्पतीलाई हेर्ने हो भने पनि उनीहरुमा पतिको भन्दा पत्नीको उमेर कम पाइन्छ।

तर, पछिल्लो परिस्थिती फरक छ । कतिपय युवाहरु, जो आफुभन्दा बढी उमेरका महिलासँग रमाउन थालेका छन् । सेलिब्रेटी मात्र हो र ? सर्वसाधारणमा पनि आफूभन्दा बढी उमेरका महिलासँग प्रेम गरेरै विवाह गर्ने पुरुष थुप्रै छन् । परम्पराले कम उमेरका महिलासँग मात्र विवाह गर्नुपर्छ भनेको भए पनि बढी उमेरका महिलासँग सम्बन्ध राख्न चाहने पुरुषको संख्या ठूलो छ ।

केटाहरू आफूभन्दा बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् त ?
मानसिक रूपले स्वतन्त्र : बढी उमेरका महिलाहरू युवती तथा किशोरीहरू भन्दा फरक हुन्छन् । उनीहरू मानसिक रूपले स्वतन्त्र हुन्छन्। उनीहरू कामकाजी हुन्छन। उनीहरूलाई अर्काको सहारा आवश्यक पर्दैन ।

समझदार : बढी उमेरका महिलाहरू बढी अनुभवी एवं समझदार हुन्छन् । यही कारण हिजोआजका युवकहरू आफूभन्दा बढी उमेरका महिलालाई पहिलो रोजाइमा राख्छन् । बढी उमेरका महिलाहरू आत्मविश्वासी हुन्छन् र निर्णय लिन सक्षम हुन्छन् । यसकारण युवकहरू त्यःता महिलाप्रति बढी भरोसा राख्न सक्छन् ।

आर्थिक सुरक्षा : प्रेमसँगै सेटलमेन्टको चिन्ता छ भने आर्थिक पक्षले अहम् भूमिका हुन्छ । हिजोआज केटीहरू मात्र होइन केटाहरू पनि आर्थिक सुरक्षाप्रति सचेत हुन्छन् । आर्थिक रूपमा सेटल हुने क्रममा उमेर बितेछ नै भने पनि उनीहरू त्यति चिन्तित हुँदैनन् ।

इमानदार : प्रेम सम्बन्धमा सम्मान र पेस, दुवैको एक अलग महत्व हुन्छ । उमेरदार महिलाहरू यो कुरालाई राम्रोसँग बुझ्छन् कि यदि कसैप्रति आफ्नो रुची छैन भने उसलाई धोका दिनुभन्दा मनको कुरा प्रष्टसँग बताइदिनु उत्तम हुन्छ । बढी उमेरका महिला सम्बन्धप्रति इमानदार त हुन्छन् नै यसबाहेक आफ्नो साथीको भावनाको सम्मान पनि गर्छन् ।

परिवार बसाउन तयार : बढी उमेरका केटीहरू करिअरमा सेटल भैसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई परिवार बसाउन कुन समस्या पर्दैन । उनीहरूको यही सकारात्मक पक्ष केटाहरूलाई आफूतिर तान्न सहयोगी हुन्छ ।

सम्बन्धलाई सम्हाल्न कुशल : कच्चा उमेरमा गरिने प्रेमको उमेर लामो हुँदैन किनभने कलिलो उमेरमा कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिइदैन । तर ३० वर्षको आसपासमा पुगेपछि केटीहरूमा गम्भीरता आउन थाल्छ । र उनीहरू सम्बन्धलाई समझदारीपूर्वक सम्हालेर राख्न सक्षम भएका हुन्छन् ।

केयरिंग स्वभाव : सामान्यतः सम्बन्धमा केटाहरूले केटीहरूलाई बढी लाडप्यार गरिरहेको देखिन्छ । तर केटीको उमेर केटाको भन्दा बढी छ भने केटीहरूले केटालाई सामान्यतः बच्चासँग जस्तो व्यवहार गर्छन् र ससाना कुरामा पनि ख्याल राख्छन् । उनीहरू केटाका लागि केही प्रोटेक्टिभ पनि हुन्छन् । र, केटीहरूको यही व्यवहार धेरैजसो केटाहरूलाई मन पर्छ ।

कुरा गर्ने तरिका : बढी उमेरका महिलासँग कुराकानिका टपिक पनि धेरै हुन्छन् । अनुभवका कारण उनीहरू ब्यूमटी विथ माइन्ड हुन्छन् । आˆनो दिमाग केवल सुन्दर देखिन र सपिङ्ग गर्नमा मात्र खर्च गर्दैनन्, बरु उनीहरूसँग कुराकानी गर्ने तथा कुराकानीलाई रमाइलो बनाउने अनेक तरिका हुन्छन् । उनीहरूले सार्वजनिक स्थलमा पनि आफूलाई रिप्रजेंट गर्न जानेका हुन्छन् ।