काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएकी लक्ष्मी गदालले आफ्नो गल्ती स्विकार गरेकी छिन् । चर्चित अभिनेता किशोर खतिवडामाथि विभिन्न आरोप लगाउँदै आएकी लक्ष्मी गदालले माफी मागेकी हुन् ।अभिनेता खतिवडालाई आफ्नो श्रीमान भएको दावा गर्दै आएकी गदालले आफुले अरुको बहकावमा लागेर गलत्त आरोप लगाएको भनेकी छिन्।

एक युट्यब च्यानललाई दिएको अन्तरवार्तामा आफुले ८ लाखको लोभमा लागेर अनेक कुराहरु गरेको उनको भनाई छ । उनलाई कस्ले त्यस्तो गर्न भन्यो भन्ने कुरा चाँही उनले खुलाउन चाहेकी छैनन् ।

उनको आरोप अनुसार अभिनेता किशोर खतिवडाले भद्रकाली मन्दिरमा सिन्दुर पोते गर्ने बाचा गरेर फरार भएका थिए । तीन वर्षसम्म सम्बन्धमा रहेर तीनपटक बच्चा फालेको पनि उनले बताएकी थिइन् ।

हालै दिएको अन्तरवार्तामा उनले यदी किशोर पक्राउ पर्ने अवस्था आए आफुले ति व्यक्तिहरु (किशोरलाई फसाउन उनलाई प्रयोग गर्नेहरु) को पर्दाफास गर्ने बताएकी छिन् ।

उनले आफुमाथि किशोरले जातभातको आधारमा कुनै पनि खालको विभेद नगरेको पनि उनले बताइन् । आफु किशोरको घरको गएको लक्ष्मीले घरमा पनि त्यस्तो वातावरण नभएको भनिन् ।

अकोतिर उनी अब पनि अभिनेता खतिवडासँग विवाह गर्न चाहान्छिन् । लक्ष्मीलाई अहिले पनि किशोरको मायाले सताउँछ । तर विवाहका लागि उनी अब खतिवडालाई जबरजस्ती गर्न तयार छैनन् ।

लक्ष्मीले आफु केही महिला अधिकारकर्मीहरुको लहलहैमा लागेर फसेको बताउँछिन् । आफुलाई केही व्यक्तिहरुले मिलेर किशोरसँग १० लाख असुल्नका लागि प्रयोग गरेको उनको बुझाई रहेको छ । लक्ष्मीसँग ति अधिकारकर्मीहरुले २ लाख कमिसन मागेर ८ लाख दिने लोभ देखाएका थिए ।