हिन्दु पंचांग अनुसार चैत्र शुल्क पक्ष एकादशी तिथीलाई कामदा एकादशी भनिन्छ। यो एकादशी बैशाख १० गते अर्थात् भोली शुक्रबारको दिन परेको छ। यो २०७८ सालको पहिलो एकादशी पनि हो। यस दिन विधि-विधान अनुसार भगवान वासुदेवको पूजा गरिन्छ। धर्मशास्त्र अनुसार यस दिन व्रत राख्ने मानिसले भगवान विष्णुको आशिर्वाद प्राप्त गर्छ। ज्योतिषशास्त्र अनुसार कामदा एकादशीको दिन तपाईंको राशि अनुसार केहि उपाय गर्नाले लाभ प्राप्त गर्न सक्नुहुन्छ। जान्नुहोस् राशि अनुसार के-कस्ता उपाय गर्नुपर्छ……

मेष राशि
कामदा एकादशीको दिनमा यस राशिका मानिसले घीउमा ​​सिन्दूर मिसाएर विष्णुमा लगाउनु पर्छ। यो उपाय अपनाउँदा तपाईंको गरीबी हट्नेछ।

वृष राशि
कामदा एकादशीको दिनमा यस राशिका मानिसले भगवान विष्णुलाई मखन र मिश्रीको भोग लगाउनु पर्छ। यो उपाय गर्नाले तपाईंको सबै प्रकारको मनोकामना पूरा हुनेछ।

मिथुन राशि
मिथुन राशि भएका मानिसले कामदा एकादशीको दिन जगतको पालन गर्ने भगवान विष्णुलाई मिश्री र मखन चढाउनुहोस्। यो उपाय गर्नाले तपाईंको कामना पूरा हुनेछ।

कर्कट राशि
कामदा एकादशीको दिन कर्कट राशिका मानिसले भगवान विष्णुलाई बेसार र दुध अर्पण गर्नु पर्छ। यसो गर्नाले तपाईंको जीवनमा रहेका समस्याहरु कम हुनेछ।

सिंह राशि
सिंह राशि भएका मानिसले यस दिन भगवान विष्णुलाई सखर चढाउनु शुभ मानिन्छ। यस राशिका मानिसले यस्तो उपाय गर्नाले तपाईंको बिग्रेको काम बन्नेछ।

कन्या राशि
कन्या राशिका मानिसले चैत्र शुल्क पक्ष एकादशीको दिन श्री हरिलाई तुलसी अर्पण गर्नु पर्छ। यसो गर्नाले तपाईंको आर्थिक स्थिति मजबूत हुनेछ।

तुला राशि
तुला राशिका मानिसले कामदा एकादशीको दिन भगवान विष्णुको तस्बीरमा मुलतानी माटोको लेपब लगाउनु पर्छ। यस्तो उपाय गर्नाले तपाईंको व्यक्तित्व अझ आकर्षक बन्नेछ।

वृश्चिक राशि
कामद एकादशीको दिनमा यस राशिका मानिसहरूले भगवान विष्णुलाई दही र मह चढाउनु पर्छ। यो उपाय गरेर तपाईंले हरेक काममा सफलता पाउन सक्नु हुनेछ।

धनु राशि
कामदा एकादशीको दिनमा धनु राशिका मानिसले भगवान विष्णुलाई चनाको प्रसाद चढाउनुहोस्। यो गर्नाले तपाईंको धन-सम्पत्ति बढ्नेछ।

मकर राशि
कामदा एकादशीको दिन मकर राशिका मानिसले भगवान विष्णुलाई ल्वांग तथा अलैंची चढाउनु शुभ मानिन्छ। तपाईंले यस्तो उपाय गर्नाले हरेक काममा लाभ प्राप्त गर्नुहुनेछ।

कुम्भ राशि
चैत्र शुल्क पक्ष एकादशी तिथिको दिन कुम्भ राशिका मानिसले भगवान विष्णुललाई नरिवल तथा मिश्री चढाउनु अत्यन्त शुभ हुन्छ। यसो गर्नाले तपाईंले सकारात्मक परिणामहरू प्राप्त गर्नुहुनेछ।

मीन राशि
कामदा एकादशीको दिन मीन राशिका मानिसले भगवान विष्णुलाई कसरको तिलक लगाउनु पर्छ। यस्तो उपाय गर्नाले तपाईं शुभ लाभ प्राप्त गर्नुहुनेछ।