एजेन्सी । हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ । यो कुरामा भने सायद हामीलाई त्यत्ति ज्ञान छैन भन्दा अत्तियुक्ति नहोला ।

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरीहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलीफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलीफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसंग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलीफोनमा हेल्लो शब्द प्रयोग गरीदैन थियो ।

टेलीफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (ब्जयथ) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्को कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नाम समेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो ।