काठमाडौँ । सुपरहिट फिल्म ‘ड्रिम्स’मा अनमोल केसीको जोडि बनेर चलचित्रमा डेब्यु गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा एकाएक चुलियो ।उनको अभिनयसँगसँगै शाह राजपरिवारकी अभिनेत्री भन्दै उनको निकै तारिख भयो । डेब्यु फिल्मबाटै धमकेदार अभिनय गरेकी सामाग्रीले त्यसपछि अन्य फिल्ममा लगातार सफलता पाइन्।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी थिइन्।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो।

आज हामी उनको लाइफस्टाइलका बारेमा एक सामाग्री प्रस्तुत गरेका छौँ । हेर्नुहोस् भिडियो