काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। मंगलबार तोलामा ३ सय रुपैयाँ घटेको सुन आज एकै चोटी १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको र छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय रुपैयामा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै लगातार बढिरहेको सुनको भाउ हिजो केही घटेर आज पुनः ह्वात्तै बढेको छ।