काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन् । एकैदिन २ हजार २० जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार ना’घेको छ ।

१ लाख ८२ हजारको मृ’त्यु भइसकेको छ ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको दोस्रो लहर तु’फान जस्तै आएको बताएका छन्। मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोनाको दोस्रो लहर तुफान जस्तै आएको र देशलाई लकडाउनबाट ब’चाउनुपर्ने बताएका छन्।

उनले लकडाउन अन्तिम विकल्प भएको भन्दै जनस्तरबाट सहयोगका लागि आग्रह गरेका छन्। उनले कोरोनावि’रुद्धको मा’पदण्ड कार्यान्वयनमा जनस्तरबाट सहयोगको अपील गर्दै जनताले सहयोग गरे लकडाउन गर्नुनपर्ने बताएका छन्। उनले राज्य सरकारहरुलाई पनि लकडाउनलाई अ’न्तिम विकल्पका रुपमामात्र लिन भनेका छन्।

साथै भारती’य अस्पतालहरुमा अक्सिजनको अ’भाव रहेको विषयमा बोल्दै उनले अक्सिजनको माग ब’ढेको बताएका छन् । मंगलबारमात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीका केही अस्पतालमा केही घण्टाका लागिमात्र अक्सिजन रहेको बताएका थिए।

भारतका विभिन्न राज्यहरुमा अक्सिजनको अ’भाव देखिएको छ। भारतमा हाल कोरोना संक्रमणका नयाँ केस दैनिक दुईलाखभन्दा धेरै आउन थालेका छन्। मृ’त्यु दर पनि उच्च छ। अस्पतालमाहरुमा बे’ड भ’रिएका छन् भने श्म’शा’न घा’टमा श’व ज’लाउन पालो कु’र्नुपर्ने र अ’ग्रिम चि’हान ख’न्नुपर्ने जस्ता पी’डादा’यी अवस्था आएको छ।