काठमाडौ । कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना पुष्टि भएको छ। उनले जन्मदिनको रमाइलो माहोल भएकै बेला आफुलाई कोरोना पुष्टि भएको बारे जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्।

श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि कोरोना देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै कोरोना पुष्टि भएको हो। जन्मदिनको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले कोरोना भनेर लापवाही नगर्न र सबैलाई सचेत रहन् आग्रह गरेका छन्।

उनले फेसवुकमा यस्तो लेखेका छन्, म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो कोरोना लाइ खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोना बाट सतर्क रहनु होला । जन्मदिनको शुभकामना दिनु हुने सबै लाई धेरै धेरै धन्यबाद । कोरोनाको दोस्रो लहर सुरु भएसंग कलाकार श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको हो ।

यस अघिको पहिलो पटकको कोरोना महामारीमा अर्का हाँस्य कलाकार हरिवंश आचार्य र उनको पत्नीमा कोरोना पुष्टि भएको थियो । सिंगै छायाँकनमा रहेका हरिवंशलाई कोरोना पुष्टि हुँदा जोगिएका मदनकृष्ण दोस्रो महामारीमा जागिन सकेनन् । उनले सामाजिक सञ्जाल मार्फत कोरोनालाई हेलचेक्रयाइ नगर्न आग्रह गरेका छन् । यसले निकै समस्या पार्ने भएकाले बेलैमा सचेत रहन सुझाएका छन् ।