काठमाडौं– सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिएकी छन।यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोत्यस्तै संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ ।

संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ । त्यस्तै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि छ वटा अजेन्डा तय भएका छन्। यसअघिको एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक पहिलो पटक बस्न लागेको हो ।बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।