गत असार २४ गते विवाह गरेकी नायिका नीता ढुंगानाको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी छन् ।पारिवारिक स्रोतका अनुसार एपे न्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो ।तर, जाँदै गर्दा बाटोमा अचा नक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् । नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

असार २४ मा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका थिए ।उनीहरुको विवाह काठमाडौंको याक एण्ड यति होटलमा भएको हो ।उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता थियो ।नीताले आफ्नो विवाहको फोटो फेसबुकमा सार्वजनिक गरेकी छन् । नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए ।