मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । साथै, सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धन लाभ हुन सक्छ । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखा पर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारी साथ काम लिनुपर्ने समय छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखा पर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा बाधा हुने दिन छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।