काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको उकालो लागेको छ ।

शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।