साताकाे छाैठाेै दिन आज (साउन १३ गते) शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज शुक्रबार ३५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।