नायिकाको पहिरनलाई लिएर विभिन्न चर्चा–परिचर्चा हुन्छ। हलिउड र बलिउडमा कुनै नायिकाले छोटा, पारदर्शी लुगा लगाएको खण्डमा हट नायिकाको संज्ञा दिइन्छ।तर, नेपालमा त्यही कुरा विवादको विषय बनिदिन्छ। साथै, कतिपय नायिकाहरु चर्चाका लागि यस्तो लुगा लगाउन चाहान्छन् ।

प्रियंका कार्की

‘नाई नभन्नु ल २’को सक्सेस पार्टी चल्दै थियो। प्रियंका कार्कीको भित्री बस्त्र देखियो। यस विषयले मिडियामा हंगामा नै मच्यायो। २०७१ साउन महिनामा भएको यो घटनापछि प्रियंकाले फेसबुकमा पत्रकारले फोटोशपमार्फत भित्री बस्त्र देखिनेगरी फोटो बि गारेको आरोप लगाइन्।

त्यसपछि उनको झन् आलोचना हुन थालेपछि स्टाटस हटाइन् र मामिला टुंगिएको बताइन्। प्रियंका यसअघि नै पहिरन विवादमा भने आइसकेकी थिइन्। २०६५ को पुष महिनाको जाडोमा प्रियंका कार्की निकै छोटो पहिरनमा एक पार्टीमा देखा परिन्। वक्षस्थल देखिने कपडा लगाएपछि पार्टीमा सहभागी सबैको आँखा उनीतिर पर्यो।

उनको तस्बिरले मिडियामा खुब चर्चा पायो। पढेलेखेकी र बौद्धिक नायिकामा गनिने प्रियंकाले बेखाबखत सामाजिक संजालमा यस्ता तस्बिर पोस्ट गरिरहन्छिन्। उनी पारदर्शी कपडा लगाएरसमेत धेरैपटक हिँडिसकेकी छन्।

रेखा थापा

 

नायिका रेखा थापा आफ्नो ग्लामरस भूमिकाका कारण नेपाली सिने क्षेत्रमा जम्न सफल नायिका हुन्। यतिसम्म कि कुनै समय रेखाको उपनाम नै ‘देखा थापा’ राखिदिएका थिए। झन्डै २ दशक नेपाली सिने क्षेत्रमा बिताएकी रेखा एक दशक पहिरनकै कारण चर्चामा आइन्। उनले प्रायः स्कट र जिन्स लगाउँथिन्।

रिल लाइफमा मात्र नभएर रियल लाइफमा समेत छोटा लुगा लगाएर हिँड्ने रेखाको कुनै समय फिल्मभन्दा ड्रेसअपको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय भने उनले छोटा लुगा लगाउन छाडेकी छन्।

सम्राज्ञी राज्यलक्ष्मी शाह

 

सम्राज्ञी पहिरनका कारण बेलाबेला चर्चामा आइरहन्छिन्। उनको पहिरले बेलाबेला विवाद र चर्चा पनि हुने गरेको छ। यसमध्ये सम्राज्ञीको वि-किनी अवतार पनि एक हो।

फिल्म ‘नाई नभन्नु ल’ लिएर अष्ट्रेलिया पुगेकी साम्राज्ञी त्यहाँको समुन्द्री तटमा वि-किनीमा देखिइन्। त्यस्तै, २०७४ माघमा सम्राज्ञीले वक्षस्थलको तल्लो भागमा खोपेको ट्याटुको फोटोले पनि निकै चर्चा पायो।

 

सम्राज्ञीका यस्ता किस्सा धेरै छन्। नेफ्टा अवार्डमा भाग लिन दुबई पुगेकी उनी बार्डरोब मालफंशन अर्थात लुगाले दिने धोकाको शिकार भइन्। भित्री बस्त्र देखिएपछि सम्राज्ञीको तस्बिर एकाएक सामाजिक संजालमा भाइरल बन्यो। त्यस्तै प्रेमीसँग खिचेका उनका तस्बिरले त झनै बि-वादमा तानिइन् ।

गरिमा पन्त