काठमाडौँ ।

सुन्दर बन्नु हरेक व्यक्तिको चाहना हुन्छ। जसका लागि उनीहरु निकै मेहनत पनि गर्छन्। तर कहिलेकाही बजारमा पाइने विभिन्न सौन्दर्य सामाग्रीका कारण सुन्दर बन्नुको साटो उल्टै कुरुप पनि बन्नु परेको घटना पनि सार्वजनिक हुने गरेका छन्।आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

जो हाम्रो अनुहारका लागि निकै फाइदाजनक हुने गर्छ। केमिकल रहित हुने भएका कारण यस्ता घरेलु उपायले अनुहार बिगार्ने डर पनि हुँदैन्।हामीले यहाँ राति सुत्नुअघि प्रयोग गर्न सकिने केही घरेलु उपायका बारेमा चर्चा गर्दैछौँ।

जसले बिहान उठेर तपाईलाई चमत्कारी सुन्दरता दिने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन ती घरेलु उपायःबेसार र दूध-काँचो दूध अनुहारको दाग धब्बा हटाउनका लागि निकै फाइदाजनक हुने गर्छ।ज सले सनबर्न अर्थात घामका कारण बनेको दागलाई सजिलै हटाउने गर्छ। त्यसैले ५, ६ चम्चा काँचो दूधमा ४ चम्चा बेसार मिसाउनुहोस्।