पाेखरा। विदेशमा छुट्टी मनाउन गएका २२ वर्षीय धनी युवकको टाउको हेलिकप्टरको पखेटाले का-टिएको छ । युवकको टाउको शरीरबाट का-टिएर अलग भयो र उनको मृ-त्यु भयो। ती युवक सोही हेलिकप्टरमा सवार रहेको र पखेटा बन्द हुनुअघि नै तल ओर्लिएर सेल्फी लिन थालेको बताइएको छ ।

मिररका अनुसार ज्याक फेन्टन नामका यी युवक बेलायतको एक कुलीन परिवारका थिए । उनी आफ्ना तीन साथीसँग हेलिकप्टरमार्फत माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकैको निजी हेलिप्याड पुगेका थिए ।

यहाँ बेल ४०७ हेलिकप्टरको इन्जिन रोकिनुअघि नै उनी तल ओर्लिए । सेल्फी खिच्दै उनी हेलिकप्टरको पछाडि पुगे जहाँ पुच्छरको पंखाले उनको टाउको का-टिदियो ।

दु-र्घटना लगत्तै आपतकालीन सेवाहरू बोलाइएको थियो तर फ्यानको तीव्र गतिका कारण ज्याकको तुरुन्तै मृ-त्यु भयो। अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यस अवस्थामा, पाइलटले इन्जिन र फ्यान बन्द हुनु अघि यात्रुलाई तल ओर्लन भनेको भए उनीविरुद्ध ह-त्याको मु-द्दा दायर गर्न सकिन्छ।

एथेन्समा आधारित ओपन टिभीले दु-र्घटनाको समयमा ज्याक फोनमा कुरा गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने बताएको छ। ज्याकका आमाबाबु अर्को हेलिकप्टरमा माइकोनोसबाट एथेन्स पुग्दै थिए। उनीहरु सबै बिदा सकेर यहाँबाट बेलायत फर्कदै थिए ।

ज्याकका बुबा मिगुएल द हप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन्। चार सय एकडमा फैलिएको यो फार्म निकै चर्चित छ । ज्याकको मृ-त्युको अनुसन्धानमा उनी हेलिकप्टरबाट किन ओर्लिए भन्नेमा केन्द्रित हुनेछ।

यदि पाइलटले बटन थिचेर फ्यान बन्द गरेनन् भने, इन्जिन बन्द भएको करिब २ मिनेट पछि हेलिकप्टरको फ्यान रोकिन्छ।