साताकाे पाँचौ दिन आज (साउन १२ गते) बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ८ सय रुपैयाँले बढेर ९४ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज बिहीबार तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बिहीबार ३० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।