एमएडव्लु इन्टरप्राइजेजले सरल किस्तावन्दिमा रे–जेडआर स्कुटर उपलब्ध गराउने भएको छ। मात्र रु ६००० मासिक किस्ता बन्दीमा कम्पनीले स्कुटर उपलब्ध गराउने भाको हो। त्यसका लागि ग्राहकले ४०% डाउन पेमेन्ट गर्न पर्ने हुन्छा।

कम्पनिले यस स्किम अन्तर्गत रे–जेडआर १२५ एफआई स्कुटर उपलब्ध गराउने छ। ४०% रकम डाउनपेमेन्ट तिरेपछि वाँकी ६०% रकमलाई मासिक ५ हजार ९ सय ४१ रुपैयाँका दरले किस्तावन्दिमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको हो ।

यो स्किममा सहभागी भएर ग्राहकले स्कुटर खरिद गर्न सक्नेछन। ग्राहकलाइ ६०% बाकी रकम भुक्तानी का लागि १८, २४ र ३० महिनाको स्किम उपलव्ध गराइएको छ।

३० महिने स्किममा सहभागी हुदा ग्राहकले मासिक ६ हजार रुपैयाँका दरले किस्ता तिर्नुपर्ने हुन्छ । २४ महिने स्किममा मासिक ७१०६ रुपया र १८ महिने स्किममा रु ९१५० रुपैयाँ किस्ता तिर्नुपर्ने छ ।

यो स्कुटरको मूल्य २,८९,९०० रुपैयाँ रहेको छ। यस अनुसार ४०% डाउनपेमेन्ट वापत १,१६,००० रुपैयाँ सुरुमा तिर्नुपर्ने हुन्छ भने वाँकी रकमलाई ३० महिनसम्म किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।

१२५ सिसी सेग्मेन्टको यो स्कुटरले प्रतिलिटर माइलेज ५८ किलोमिटर प्रदान गर्ने दावी छ । यस स्कुटरमा एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर उपलब्ध छ ।