काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्यमा गिरावट आएको हो ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्यमा पनि झिनो गिरावट आएको छ ।