काठमाडौं ।

अन्तत चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सरकार सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेकपा एमाले हुँदै नेपाली काँग्रेस प्रवेश गरेका काँग्रेसी हुन् ।

उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

सरकारले दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिएसँगै अभिनेता , निर्माता तथा निर्देशक भुवन केसी आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्ष भएका हुन् ।

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने : काठमाडौं ९ साउन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले समाजवादी केन्द्र नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको खुलासा गरेका छन् ।

आज साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको छ ।

गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको र बताएका छन् । समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम रहने निश्चितप्रायः रहेको अवस्थामा आज प्रचण्ड र गौतमबिच भेटवार्ता भएको हो ।

साथै, भेटमा वामपन्थी एकतालगायतका विषयमा समेत छलफल भएकोछ । यता प्रचण्ड पनि समाजवादी केन्द्र साउनभित्रे बनाउने तयारीमा लागेका छन् ।