होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले दैनिक १५० रुपैयाँ किस्ता बुझाउनेगरी होन्डा डिओ स्कुटर किन्न सकिने स्कीम ल्याएको छ । कम्पनीले सरल किस्ताबन्दी योजनामा डिओ विक्री गर्न लागेको हो ।

यो स्कीममा होन्डाको डिओ स्कुटर खरिद गर्दा ग्राहकले दैनिक रुपमा किस्ता बुझाउन सक्नेछन् । यो स्कीम अन्तर्गत स्कुटर खरिद गर्दा डाउन पेमेन्ट वापत मूल्यको ६० प्रतिशत रकम ग्राहकले सुरुमा नै बुझाउनु पर्ने हुन्छ । बाँकी ४० प्रतिशत रकम दैनिक १५० रुपैयाँका दरले २ वर्षसम्ममा भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

होन्डा डिओको दुई भेरियन्ट नेपाली बजारमा विक्री भइरहेका छन् । कम्पनीले होन्डा डिओ डिएलएक्सको मूल्य २ लाख २७ हजार ९०० रुपैयाँ र डिओ एसटीडीको मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कम्पनीका अनुसार यो स्कीममा ग्राहकले १६.७५ प्रतिशत ब्याज तिर्नु पर्छ । ग्राहकले घरमा नै बसेर दैनिक किस्ता बुझाउन सक्नेछन् । दैनिक किस्ता बुझाउन ग्राहकले इसेवा, खल्ती तथा आइएमई पे प्रयोग गर्न सक्नेछन् ।

होन्डा डिओमा रहेको १०९.२ सीसी सिंगल सिलिन्डर इन्जिनले अधिकतम ८ बीएच पावर र ९ एनएम टर्क प्रदान गर्छ । होन्डा डिओले ६० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

होन्डा डिओमा एलइडी हेडल्याम्प, फुल डिजिटल मिटर, बुट स्पेसको बाहिर फ्युल लिड, इन्जिन स्टार्ट÷स्टप स्वीच, साइड स्यान्ड इन्जिन कट सेन्सर, साइलेन्ट स्टाट, रिट्रयाकएवल पिलियन फुट रेष्ट, डिस्क ब्रेक, स्प्लीट ग्रयावरेल, इनह्यान्स स्मार्ट पावर टेक्नोलोजी जस्ता फिचर पाउन सकिन्छ ।