महिलाको उमेर र पुरुषको तलब सोध्नु हुँदैन् ।तर यी कुराहरुको जानकारी नहुँदा कहिलेकाँही धोका खानुपर्ने अवस्था आउँछ ।

कोही मान्छे उमेर बढ्दा पनि जवान देखिन्छन्, कोही कम कम उमेरमा पनि बुढो ।

तर अहिले सामाजिक सञ्जालमा आफ्नो उमेरभन्दा निकै जवान देखिने एक मोडलको भिडियो भाइरल भइरहेको छ । उनको वास्तविक उमेर थाहा पाएर फ्यानहरु छक्क परेका छन् ।जब यी मोडलले आफ्नो वास्तविक उमेर सामाजिक सञ्जालमा मानिसहरूलाई खुलासा बताइन्, उनीहरू छक्क परे ।

मोडलका अनुसार धेरै पुरुषले उनीसँग डेटमा जाने इच्छा व्यक्त गरेका छन् ।तर जब उनलाई उनको उमेर थाहा हुन्छ, तब सबैले मात खान्छन् । मोडेल @princessaprilxo टिकटकमा निकै लोकप्रिय छिन् ।उनले हालै एउटा पोष्ट गरेकी छिन्, जसमा उनले लेखेकी छिन्, ‘मानिसहरूले मलाई मेरो उमेर नभनेसम्म मात्र माया गर्छन् ।’

उनी भन्छिन्, ‘कोही पनि वृद्ध महिलासँग डेट गर्न चाहँदैनन् ।’ उनले यसै सन्दर्भमा एउटा तस्विर पोष्ट गरेकी छन् । जब मोडलले टिकटकमा आफ्नो उमेर भनिन्, तब कसैले पत्याउन सकेन ।अधिकांश प्रयोगकर्ताहरूले यी महिला यति वृद्ध भएको तथ्यलाई पचाउन सकेनन्।

‘म अहिले २४ वर्षको छु, यदि तिमी मेरी प्रेमिका भएको भए मानिसहरूले मलाई यो कसरी पायौं….।’

वास्तवमा यसो हुनुको एउटा कारण थियो, महिलाको अनुहार हेर्दा उनी बूढी जस्तो लाग्दैन । उनको अनुहारमा चाउरी पनि देखिदैन ।टिकटकमा महिलाको भिडियो ८० लाखभन्दा बढीले हेरिसकेका छन् । महिलाले आफ्नो उमेर ४४ वर्ष रहेको बताएकी छिन् ।

एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तपाई ४४ वर्ष वृद्धा देखिनु हुन्न ।’अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईं ठट्टा गर्दै हुनुहुन्छ जस्तो लाग्छ ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘म अहिले २४ वर्षको छु, यदि तिमी मेरी प्रेमिका भएको भए मानिसहरूले मलाई यो कसरी पायौं भनेर सोध्ने थिए ।’