काठमाडौं । एक एयर होस्टेसले अचानक शौचालयमा छोरी जन्माएको दाबी गरेकी छन् । लुसी जोन्स नामकी एक प्रशिक्षार्थी एयरहोस्टेसले शौचालय जाँदा नवजात बालिकाका दुई खुट्टा बाहिर निस्केको देखेपछि मात्रै आफू गर्भवती भएको थाहा पाएको दाबी गरेकी छन् ।

लुसी जोन्सले आफूले गर्भनिरोधक चक्की खाइरहेको दाबी गर्छिन् र केही दिनअघि एयरलाइन्सको परीक्षणमा आफूलाई उडानका लागि फिट घोषित गरिएको पनि बताएकी छिन् । लुसी जोन्सका अनुसार हालसम्म उनलाई लागिरहेको थियो कि उनको महिनावारी भइरहेछ। केही दिनअघि गर्भ परीक्षण पनि नेगेटिभ आएको थियो । २२ वर्षीया लुसी बेलायतको ब्रिस्टलमा बस्छिन् ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार लुसी जोन्स भन्छिन् कि जब उनले गत महिना छोरीलाई जन्म दिइन्, उनी छक्क परिन् किनभने उनीमा गर्भावस्थाको कुनै संकेत थिएन। यति मात्र होइन, उनले गर्भनिरोधक साधन पनि प्रयोग गरेकी थिइन् । लुसीका अनुसार उनी गर्भावस्थामा करिब १०-१५ पटक क्लबमा गएकी थिइन्, मदिरा पिइन् र धेरै पार्टीमा सहभागी भइन् ।