अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ। अण्डा खाँदा विभिन्न फाइदा त मिल्छ नै तर यदि तपाईं दैनिक रूपमा उसिनेको अण्डा खानुहुन्छ भने केहि कुराको ख्याल राख्न अत्यन्त जरूरी हुन्छ। आज हामी तपाईंलाई यस्तै चीजको बारेमा बताउँछौँ जुन उसिनेको अण्डा खाएपछि भुलेर पनि खानु हुँदैन।

कागती: कतिपय मानिस जो अण्डा खान मन पराउँछन्, उनीहरु अण्डामा कागतीको रस हालेर खान्छन् ताकी यसको स्वाद राम्रो होस्। तर कहिले पनि यस्तो गर्नु हुँदैन। किनभने त्यसो गर्दा रक्तनलीहरूलाई हानी हुन्छ र हृदयघातको खतरा पनि हुनसक्छ। केरा: त्यस्तै, यो कुराको पनि ख्याल राख्नुहोस् कि अण्डा खाएपछि केरा कहिले पनि खानु हुँदैन। अन्यथा यसले पेटसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, अण्डा खाएपछि भुलेर पनि केरा नखानुहोस्।

पनीर: पनीर र अण्डा वा अण्डा खाने लगत्तै पनीर कहिले पनि खानु हुँदैन। किनभने अण्डा र पनीर दुबैमा प्रोटीन प्रशस्त मात्रामा पाइन्छ। यदि हामीले धेरै प्रोटीन खपत गर्यौं भने त्यसलाई पचाउन गाह्रो हुन्छ, जसको कारण पेटसँग सम्बन्धित धेरै समस्याहरू देखा पर्न सक्छ। त्यसैले, अण्डा खाएपछि पनीर खानु हुँदैन।

माछा : उसिनेको अण्डा खाएपछि कहिल्यै मासु वा माछा खानु हुँदैन, किनभने यदि तपाईं उसिनेको अण्डा खानुभयो भने तपाईंलाई छालासँग सम्बन्धित एलर्जीको हुनसक्छ।

यो पनि,रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र मह मिलाएर खानुका चामत्कारिक फाइदाको बारेमा जानीराखौं, लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो। यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ।

बनाउने तरिका: दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने। त्यसमा ताजा (काँचो) मह मिसाउने। मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ। यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने। लसुन र महको महत्व: लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ। लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ। मह र लसुनबाट बनाइएको ‘पेस्टु सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।