नेपालमा आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० रहेकोमा शुक्रबार रु ९४ हजारमा ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहेकामा शुक्रबार प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएकोे थियो ।

यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै रु एक हजार १६० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १४५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ७०७ दशमलव २७ डलर पुगेको छ ।