कतिपय अवस्थामा अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा समेत ह्रास ल्याउँछ । आज हामी प्राकृतिक रूपमा यस्ता दाग हटाउन अपनाउनु पर्ने बिभिन्न उपायहरुको बारेमा चर्चा गर्नेछौँ ।

कागतिको रस
दाग भएको ठाउँमा कागतिको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुईरतीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ।

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ।