काठमाडौं- नायिका निरुता सिंहले भने जस्तो केटा नपाएर बिहे नभएको बताएकी छन् । पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा निरुताले केटा नै नभेटेको भन्दै टार्ने जवाफदिएकी छन् । जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ कि मिडियाकर्मी दाजुभाइले पनि खोजिदिन भन्दै जिस्किएी छन् ।

चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी निरुताले आफूलाई सुहाउँदो भूमिका आयो र चित्तवुझ्दो कथा भयो भने काम गर्ने बताएकी छन् ।

उनले लामो समय पछि दाल भात तरकारीमा काम गरेकी थिइन् । नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र र मिडियाकर्मीले सम्झेकोमा खुशी हुँदै नेपाली चलचित्र क्षेत्रमा काम गर्न म सधै तयार रहेको नले सुनाइन् ।
निरुताले नायकद्धय उत्तम प्रधान र दिलिप रायमाझीसँग मिलेर ‘दर्पणछाया फेरि’ निर्माण गर्न लागेको पनि बताइन् । कोभिडले गर्दा रोकिएकाले अब चाडै नै चलचित्रको काम अगाडि बढ्ने उनले बताइन्