साताकाे पहिलाे दिन आज (साऊन १ गते) आइतबार नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज आइतबार तेजावी सुन प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज आइतबार भने १५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँ ले बढ्दै १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।