राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

हुरीबताससँगै राजधानी अन्धकार
राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ ।
हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ ।

राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।