काठमाडौँ ।

नायिका पूजा शर्माले नायक अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गरिएको भन्ने खबर झुठो भएको बताएकी छिन् ।

के अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गर्नुपर्छ ?नायिका पूजा शर्माले नायक अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गरिएको भन्ने खबर झुठो भएको बताएकी छिन्

हालै केी संचारमाध्यममा जाले प्रेमी युद्ध बाँनियाको साथ लिएर अनमोललाई साइन गराउन इन्द्र बाँनियादेखि आरजु राणासम्मको पावर लगाएको भन्ने खबर आएपछि पूजाले आँफुहरुले कुनै पावन नलगाएको र आफ्ना विरुद्ध लेखिएका ति खबरहरु सबै भ्रामक भएको भन्दै आपत्ति जनाएकी छिन् ।

अनमोलसँग काम गर्ने विषयमा आँफुहरुले लामो समयदेखि कुरा गरिरहेको र अहिले आएर अनमोल आफ्नो फिल्ममा काम गर्न राजी भएको उनले बताइन् ।

पूजाले थप स्पस्ट पार्दै भनिन् यसपटक अनमोललाई कथा निक्कै मन पर्यो र उनी अनुवन्धित भएका हुन् ।’ पूजा र अनमोलको मुख्य भूमिका रहने फिल्मको कथा यतिबेला धमाधम लेख्ने काम भैरहेको र केही समयमा नै फ्लोरमा जाने जानकारी पनि पूजाले दिइन् ।