साउन महिनामा एक पटक मात्र गर्नुहोस् यी काम, मिल्नेछ सफलता-हट्नेछ आर्थिक अभाव ! आजबाटतिथि अनुसार साउन महिना सुरु भएको छ, यो महिना भगवान शिवलाई समर्पित हुन्छ । साउन महिनामा भक्तजनहरुले आ–आफ्नो तरिकाले शिवको पूजा गर्ने गर्छन् र यस महिनामा भोलेनाथको पूजाको आफ्नै महत्व छ । यो महिनालाई भोलेको अति प्रिय महिना मानिन्छ। यस महिनामा पूर्ण भक्तिपूर्वक शिवको पूजा–आराधना गर्नाले मन प्रसन्न हुने र भगवान शिवकोआशीर्वादले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

घरमा गर्नुहोस् रुद्राभिषेक= साउन महिनाभर भगवान शिवको आराधना गर्नाले उत्तम फल मिल्ने भएपनि प्रदोष र सोमबारलाई सबैभन्दा उत्तम समय मानिन्छ । यस समयमा भगवान शिवको आराधना र ध्यान गर्नाले सबै प्रकारका दोष हट्ने मान्यता रहेको छ । । साउन महिनाको सोमबार कम्तिमा एक पटक आफ्नो घरमा रुद्राभिषेक गर्ने प्रयास गर्नुहोस्।

द्राभिषेक गर्नाले भगवान शिव हुन्छन्  प्रसन्न रुद्राभिषेक अर्थात् शिवको अभिषेक गर्दा महादेव धेरै प्रसन्न हुन्छन्। तिथि अनुसार अहिले साउन महिना सुरु भएको छ । साउन महिनामा रुद्राभिषेक गर्नाले घरको दु:ख, गरिबी हटेर घरमा सुख, समृद्धि र शान्ति प्राप्त हुन्छ । साउनमा भगवान महादेवलाई प्रसन्न पार्न रुद्राभिषेक गर्नु अत्यन्त पुण्यपूर्ण मानिन्छ, साउनमा भगवान भोलेनाथका सबै दाजुभाइ तथा दिदीबहिनीसँग रुद्राभिषेक गर्ने व्यक्तिमा भगवान शिव र माता पार्वतीको अपार आशीर्वाद रहन्छ । यसका साथै परिवारका सबै सदस्यले मायाले दीर्घायु प्राप्त गर्छन्, स्वस्थ रहन्छन्, सबै भौतिक सुख प्राप्त हुन्छन्।

शिव मन्दिरमा गएर जलाभिषेक गर्नुहोस्

साउन महिनामा शिवलिंगको जलाभिषेक गर्नुको ठूलो महत्व छ । आफ्नो घरको नजिक जुनसुकै शिव मन्दिरमा दैनिक जलाभिषेक गर्नुपर्छ। खोलाको किनारमा शिवलिंग बनाएको भए झनै राम्रो हुन्छ । भगवान भोलेनाथलाई ओघाड मानिन्छ र सबै देवताहरूमध्ये सबैभन्दा कोमल हृदय भएको भोले बाबा आफ्नो भावनामा प्रसन्न हुनुहुन्छ। यदि उहाँलाई साँचो हृ-दयले एक कलश जल चढाइयो भने, व्यक्तिमा भोले नाथको कृपा बरस्न थाल्छ।

साउन महिनामा भुलेर पनि नगर्नुहोस् यी काम, क्रोधित हुन्छन् महादेव !
साउन महिना सुरु हुन लागेको छ । साउन महिना भगवान शिवको अति नै प्रिय महिना हो । साउन महिनाको सोमबार व्रत बसी भोलेनाथको पूजा–आराधना गर्नाले प्रसन्न भई भक्तजनमा आशीर्वाद दिने जनविश्वास रहेको छ । भगवान शिवको कृपाले भक्तजनको मनोकामना पूरा हुने जनविश्वास पनि छ । शास्त्रका अनुसार साउन महिनामा केही कुराको विशेष ख्याल गर्नुपर्छ । साउन महिनामा केही यस्ता गल्ती गर्नबाट बच्नुपर्छ । जान्नुहोस् के-के हुन् ?

साउन महिनामा भ्यान्टा खानु हुँदैन । भेन्टालाई अशुद्ध तरकारी मानिन्छ । यही कारणले गर्दा द्वादशी र चतुर्दशीमा मानिसहरु भ्यान्टा खानबाट टाढा रहन्छन् । साउनमा शिवलिङ्गको जलाभिषेक दूधसँग गर्नु अति शुभ मानिन्छ। यही कारण यो महिनामा दूध पिउनु हुँदैन । भगवान शिवको आराधना गर्दा केही चीजहरू अर्पण गर्नबाट बच्नुहोस्। शिवलिंगमा बेसार, सिन्दूर आदि चढाउनु हुँदैन । बेलको पात, भांग र धतुरो भोलेनाथलाई अति प्रिय  हुन्छ।

साउन महिनामा कसैको अपमान नगर्नुहोस्। वादविवादबाट जोगिनुपर्छ र बोलीमा संयम राख्नुपर्छ ।  साउन महिनामा घरमा आउने गाई वा गोरुलाई नफर्काउनुहोस् । त्यस्ता जनावरहरूलाई केही खान दिनुहोस्। गोरुको अपमान गर्नु भगवान शिवको सवारी नन्दीको अपमान मानिन्छ। साउन महिनामा शरीरमा तेल नराख्नुहोस्। यो महिना शरीरमा तेल लगाउनु अशुभ मानिन्छ ।

साउन महिना पूजा गर्दा भगवान शिवलाई केतकी फूल चढाउनु हुँदैन । यस महिनामा दिनको समयमा सुत्नबाट बच्नुहोस्।