काठमाडौँ :

गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छन् । उनी केही महिना सांगीतिकसँगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङमा व्यस्त छिन् भने उनले स्वर दिएका गीतहरू युट्युवमा सार्वजनिकसमेत भइरहेका छन् ।

उनले सामाजिक सञ्जालबाट गीत रेकर्डिङका तस्वीरहरू पनि सार्वजनिक गरिरहेकी छन् । तर, उनले फेसबुकमा गरेका पोष्टमा सबैले कमेन्ट गर्न भने मिल्दैन । समीक्षाले आफ्नो पोष्टमा सीमितले मात्र कमेन्ट गर्न मिल्ने बनाएकी छन् ।

उनीनिकट स्रोतका अनुसार धेरै नकारात्मक कमेन्टको सामना गर्नुपरेपछि उनले फेसबुकमा सीमितले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेसँगै समीक्षाले नकारात्मक कमेन्टको पनि सामना गर्दै आएकी थिइन् ।