काठमाडौं असार ३०

लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बना’एको खा’नेतेल क्रमिक सस्तिन थालेको छ। एक महिनायता बजारमा मूल्य क्रमिक ओरालो लागेको हो। रुस-युक्रेन द्वन्द्व सुरु’वातसँगै मूल्य उच्च भइरहेको थियो।

प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ। २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३ सय रुपैयाँसम्ममा आइ’पुगेको छ। तोरीको तेलमा पनि मूल्य घट्दै छ।

गत सातामात्र सूर्य’मुखीको तेल प्रतिकार्टुन २८ सय र भटमासको प्रतिकार्टुन २६ सय रुपैयाँसम्म थियो। यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले मूल्य बढाएका थिए। एक वर्षअघि प्रतिकार्टुन २१ सय रुपैयाँ रहेको सूर्यमुखीको तेल बढेर ३५ सय रुपैयाँसम्‍म पुगेको थियो। भटमा’सको तेल प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो।

एक महिनायता भने तेलको मूल्य बिस्तारै घट्दै पुरानै लय’मा फर्कन थालेको व्यव’सायीहरुले बता’एका छन्। अब भटमासको तेल घटेर प्रतिकार्टुन २ हजार र सुर्यमुखी तेल २१ भन्दा कम मूल्यमा आइपुग्ने व्यवसायीहरुको दाबी छ।

उद्योग’हरुले आर्थिक वर्ष अन्त्यका कारण तेलको मूल्य घटाउँदै बेचेको हुनसक्ने किराना व्यव’सायीहरु बताउँछन्। पहिले उद्योगी’हरुले बजारमा तेलको आपूर्तिमा अ’भाव सिर्जना गर्दै आफूले स्टक राख्दै आएका थिए।

असार मसान्तका कारण पनि बजारमा तेलको मूल्य घटेको हुनसक्ने अनुमान कि’राना व्यवासयी दुर्गा’राज श्रेष्ठले गरे। ‘व्यवसायीहरुले सरका’रलाई कर तिर्नको लागि अहिले मौज्दात रहेको तेल सस्तो मूल्यमा बिक्री गरिरहेका हुन्,’ उनले भने।

युक्रेन र रुसका कारण देखाउदै कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए। त्यतिबेला उद्योगी’हरुले कच्चा पदार्थको अर्डर’समेत रोकेको भन्दै खाने’तेलको मूल्य हालसम्मकै महँगो बनाएका थिए। लगातार मूल्य उच्च भइरहँदा चा’नबिनका लागि सरकार दबाबमा परेको थियो।

लागतको अनुपातमा अस्वाभा’विक मूल्य’वृद्धि गराएकोमा दुई उद्योग जरि’वानाको कारबाहीमा परेका थिए। सरकारले आयल मिलहरुको कच्चा पदार्थ आयात र तेल उत्पादनमा परेको लागतको हि’साब हेरेको थियो।

अस्वा’भाविक रूपमा बढेको मूल्य घट्नु नै पर्ने किराना व्यव’सायी कृष्ण भट्ट बताउँछन्।अहिले दिनै’पिच्छे तेलको मूल्य घटिरहेको छ। असार पहिले हप्तामा तेलको मूल्य घ’ट्ने गरेको भए पनि यतिबेला दैनिक रुपमै घट्दै गएको छ।

के कारणले घट्यो तेलको मूल्य ?

नयाँ उत्पादन आउन थाले’पछि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य घट्न थालेको एक आयातकर्ताले बताए। स्थानीय ब’जारमा खाने तेलको मूल्य धेरै कार’णले घटे’को उनको भनाइ छ।

यतिबेला वित्तीय सम’स्याका कारण उद्योगीहरुले तेलको मूल्य घटाएर बिक्री गर्न थालेको उनले बताए।असार मसान्त नजिकिए’का कारण व्यवसायी’हरुलाई कर तिर्ने दबाब भए’काले रकम जम्मा गर्नको लागि उत्पादन गरेर राखेको पुरानो स्टक कम मूल्यमा बिक्री गरिरहेको उनको भनाइ छ।’यस’अघि आयात भएका कच्चा पदार्थ टन्नै स्टक छ। पहिले महंगो परिरहेको कच्चा पदार्थ अहिले सस्तो हुन थाले’को छ। त्यसैले चर्को भाउमा बिक्री गरिर’हँदा खपत कम हुन्छ,’ उनले भने।

हाल भारत तर्फको तेल निकासी नभए’पछि तेल डम्प भएर बसेको छ। मागमा कमी र बजारमा उत्पादन धेरै हुँदा लामो समय स्टक बस्ने डर भएकाले नै उद्योगी’हरुले हाल भाउ घटा’एरै तेल बिक्री गरिरहेका हुन्। बजारमा तेलको मूल्य अझै घट्ने व्यव’सायीहरुको अनुमान छ।